PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

मदिरा खाएर आमाको हत्या गर्ने छोरो पक्राउ



पहिलोपोस्ट

मदिरा खाएर आमाको हत्या गर्ने छोरो पक्राउ

काठमाडौं : झापामा एक छोराले आफ्नै आमाको हत्या गरेका छन्।

आइतवार राति करिब ८ बजे कमल गाउँपालिका वडा नम्वर ७ ठूलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेवले आमाको हत्या गरेका हुन्। राति मदिरा सेवन गरे विवाद हँदा ५० वर्षीय मीरा ऋषिदेवलाई बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए।

टाउको र खुट्टामा बन्चरोले प्रहार गर्दा मीराको घटनास्थलमा नै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय दमकले छोरा दिनेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell