PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एकदिवसीय सिरिजको दोस्रो खेलमा इङ्ग्ल्याण्डको जित



पहिलोपोस्ट

एकदिवसीय सिरिजको दोस्रो खेलमा इङ्ग्ल्याण्डको जित

इङ्ग्लयाण्ड र अस्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत गएराति भएको खेलमा इङ्ग्ल्याण्डले जित निकाल्दै सिरिजमा १-१ को बराबरी गरेको छ। सिरिजको पहिलो खेलमा १९ रनको पराजय भोगेको इङ्ग्ल्याण्डले दोस्रो खेलमा २४ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो। जसका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ४२ रन बनाउँदा जोए रुटले ३९, टम करनले ३७, आदिल राशिदले अभिजित ३५, क्रिस ओएक्सले २६ तथा जेसन रोयले २१ रन बनाए। अस्ट्रेलियाका लागि एडम जाम्पाले सर्वाधिक ३ विकेट लिँदा मिचेल स्टार्कले २ विकेट तथा जोस हेजलउड, प्याट कमिङ्स र मिचेल मार्सले समान १/१ विकेट लिए।

२३२ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको अस्ट्रेलिया ४८.४ ओभरमा २०७ रन बनाउँदै अलआउट भयो।

अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्सले सर्बाधिक ७३ रन बनाउँदा मार्नुस लाबुसानेले ४८ र एलेक्स करेले ३६ रन जोड्दा वार्नर लगायत अन्य ब्याट्सम्यान चल्न सकेनन्। र, लगातार दोस्रो जित निकाल्दै एक खेल अगावै सिरिज सुरक्षित गर्ने मौकाबाट अस्ट्रेलिया चुकेको छ।

अस्ट्रेलियालाई २०७ रनमा समेट्न साम करन, जोफ्रा आर्चर र क्रिस ओएक्सले समान ३/३ विकेट लिए।

इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको तेस्रो र निर्णायक खेल बुधवार म्यानचेस्टरमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell