PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२० वर्षअघि भएको श्रीमतीको हत्यामा श्रीमान् समातिए, अदालतले पूर्पक्षमा पठायो



पहिलोपोस्ट

२० वर्षअघि भएको श्रीमतीको हत्यामा श्रीमान् समातिए, अदालतले पूर्पक्षमा पठायो

काठमाडौं : २० वर्षअघि श्रीमतीको हत्या गरेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ घर भएका अरुण कुमार रिजाल (सुनार)लाई पक्राउ गरेको परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

अरुणले २०५७ भदौ २६ राति साढे १० बजे काठमाडौंको चागलमा १८ वर्षीय दिलमाया सुनार आफ्नै डेरा कोठामा शंकास्पद मृत अवस्थामा फेला परेकी थिइन। प्रहरीले अनुसन्धानमा दिलमायाका श्रीमान अरुण कुमारले नै घाँटी थिची मारेको दावी गरिएको थियो।

यही १८ गते उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको मुद्दामा अदालतले आइतवार पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। अरुण अहिले पूर्पक्षको लागि ललितपुरस्थित नख्खु कारागारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell