PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

अस्ट्रियाका डोमिनिकले जिते युएस ओपनको उपाधि



पहिलोपोस्ट

अस्ट्रियाका डोमिनिकले जिते युएस ओपनको उपाधि

विश्व नम्बर तीन डोमेनिक थियम युएस ओपनको च्याम्पियन बनेका छन्। उनले रोमाञ्चक फाइनल खेलमा जर्मनीका अलेक्जेन्डर ज्वेरेवलाई हराउँदै पहिलो पटक युएस ओपनको उपाधि जितेका हुन्। युएस ओपन जित्ने उनी पहिला अस्ट्रियाका खेलाडी हुन्।

उनले फाइनलमा ज्वेरेवलाई २-६, ४-६, ६-४, ६-३, ७-६ (६) ले हराउँदै उपाधि जितेका हुन्। ७१ वर्षपछि सुरुका दुई सेट गुमाएर पनि फाइनलमा उपाधि उनले हात पारेका हुन्। यसअघि सन् १९४९ मा पांजो गोञ्जालेजले १९४९ मा सुरुका दुई सेट गुमाएर पनि जित निकालेका थिए।

२७ वर्षे थिएम ६ वर्षपछि ग्राण्डस्लाम जित्ने नयाँ खेलाडी हुन्। यसअघि सन् २०१४ मा क्रोएसियाका खेलाडी मारिन सिलिचले केइ निशिकोरीलाई हराउँदै युएस ओपनको उपाधि जितेका थिए। यसअघि थिएम तीनपटक ग्राण्ड स्लामको फाइनलमा पराजित भइसकेका छन्।

यसपटकको ग्राण्डस्लाममा दिग्गज खेलाडी राफेल नाडाल र रोजर फेडरर सहभागी थिएनन् भने नोभाक जोकोविच बलले अफिसियललाई हानेपछि डिस्क्वालिफाइ भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell