PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डायलासिस गराउन जाँदा देखियो कोरोना, आइसीयूमा उपचार गराइरहँदा गयो ज्यान



रासस

डायलासिस गराउन जाँदा देखियो कोरोना, आइसीयूमा उपचार गराइरहँदा गयो ज्यान

रुपन्देही : कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा बिहान ४:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

यही भदौ २१ गते गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डाइलासिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा लगिएको थियो। उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो।

कोरोना विशेष अस्थायी अस्पतालमा आजसम्म १७ जना आइसीयूमा र एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell