PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

शान्ति मिसन जान लागेका सैनिकमा कोभिड-१९ संक्रमण, आजको लागि तय गरिएको फ्लाइट  स्थगित



पहिलोपोस्ट

शान्ति मिसन जान लागेका सैनिकमा कोभिड-१९ संक्रमण, आजको लागि तय गरिएको फ्लाइट  स्थगित

काठमाडौं : शान्ति सेनामा जान लागेका नेपाली सेनाका केही जवानमा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

केही जवानहरुमा कोभिड १९ पोजेटिभ देखिएपछि आज लिबियाका लागि तय गरिएको उडान स्थगित गरिएको छ।

काभ्रेपाल्चोकको वीरेन्द्र शान्ति कार्य तालिम  केन्द्रमा तालिम समाप्त गरेर क्वारेन्टाइनमा रहेका केही जवानहरुलाई कोभिड पोजेटिभ देखिएको नेपाली सेनाले जानकारी दिएको छ।

उनीहरुमा कोभिड पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका अन्यको पनि परीक्षण गर्ने तयारी भइरहेको छ। सबैको परीक्षण गरेरमात्र अर्को फ्लाइटको मिति तोकिने सेनाले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell