PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

दुर्घटनामा परेका क्रिकेटर भण्डारीको स्वास्थ्य अवस्था सामान्य



पहिलोपोस्ट

दुर्घटनामा परेका क्रिकेटर भण्डारीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं: दुर्घटनामा परेका क्रिकेट खेलाडी ललित भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। आइतवार दुर्घटनामा परेका भण्डारीको सिटी स्क्यान गर्दा टाउकोमा चोट नदेखिएको उपचाररत डाक्टरलाई उदृत गर्दै क्यानले जनाएको छ।

त्यस्तै उनको अवस्था अहिले सामान्य रहेको तर हातखुट्टामा भने चोट लागेको क्यानले जनाएको छ। उपचारको क्रममा भण्डारीको उपचार प्रकृयामा प्रदेश क्रिकेटका अधिकारीहरुले समन्यव गरिरहेको क्यानले जनाएको छ।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो।

झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि भण्डारीलाई धनगढी रिफर गरिएको छ। त्यहाँ उनको निसर्ग अस्पतालमा उपचार भइरहेको बताइएको छ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० निवासी २८ वर्षीय भण्डारीसँगै उनका भाइ नाता पर्ने २४ वर्षीय करन ठगुन्ना घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell