हाल नेपालमा कोभिड-१९ संक्रमितको संख्या ५४ हजार १५९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएकामध्ये १५ हजार ११७ जना अझै आइसोलेसनमा छन्।
कुल संक्रमितमध्ये ७१.५ प्रतिशत संक्रमण मुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकमा उल्लेख छ। संक्रमितमध्ये ३८ हजार ६९७ जना संक्रमित निको भएका छन्। ३४५ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयको विवरणमा उल्लेख छ। जुन कुल संक्रमितको ०.६ प्रतिशत हो।
प्रदेशगत विवरण स्वास्थ्य तथा जनासंख्या मन्त्रालय
५४ हजार १५९ संक्रमितमध्ये बागमती प्रदेशमा मात्र १५ हजार २५० जनामा संक्रमण पुष्टि भएको छ। जुन कुल संक्रमितको २८.१५ प्रतिशत हो। मन्त्रालयको तथ्यांकमा बागमतीमा प्रदेशमा १०९ जनाको मृत्यु भएको छ।
त्यस्तै प्रदेश २ मा १३ हजार ९० जनामा संक्रमण पुष्टि भएको छ। जुन कुल संक्रमितको २४.१६ प्रतिशत हो।
त्यस्तै प्रदेश ५ मा ८ हजार ४०० जनामा संक्रमण पुष्टि भइसकेको छ भने मृत्यु हुनेको संख्या ५० रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ६ हजार ४८८ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिममा १० जनाको मात्र मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
प्रदेश १ मा ४ हजार ८६६ जना संक्रमित पहिचान भएकोमा ३७ जनाको मृत्यु भइसकेको छ। गण्डकी प्रदेशमा तीन हजार २१५ जना संक्रमित पहिचान भएकोमा २३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
कर्णाली प्रदेशमा सबैभन्दा कम २ हजार ८५० जनामा संक्रमण पुष्टि भएकोमा ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
लिंगका आधारमा संक्रमितको विवरण
पछिल्लो समय कन्ट्र्याक्ट ट्रेसिङका आधारमा संक्रमित पहिचान हुनेको संख्या बढ्दै गएको छ। सुरुवाती समयमा विदेशबाट आएकाहरुमा संक्रमण पुष्टि हुँदा संक्रमण पुष्टि हुनेमध्ये महिलाको संख्या १० प्रतिशत आसपास थियो।
यो संख्या बढेर अहिले कुल संक्रमितको २४.७ प्रतिशत पुगेको छ। हालसम्म १३ हजार ३९६ महिलामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका पुरुषको संख्या ४० हजार ७६३ पुगेको छ। जुन कुल संक्रमितको ७५.३ प्रतिशत हो।
लिंगका आधारमा प्रदेशगत संक्रमितको विवरण
लिंगका आधारमा प्रदेशगत संक्रमणको विवरण हेर्दा बागमती प्रदेशमा संक्रमित महिलाको अनुपात बढी छ। बागमती प्रदेशको कुल संक्रमितको ३४.५ प्रतिशत महिला रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाउँछ। त्यस्तै ६५.५ प्रतिशत पुरुषमा संक्रमण पुष्टि भएको छ।
प्रदेश २ र कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा महिलामा संक्रमण कम देखिएको छ। नेपालमा कुल संक्रमितको २४.१६ प्रतिशत संक्रमित पहिचान भएको प्रदेश २ मा १६ प्रतिशतमात्र महिला छन्। भने ८४ प्रतिशत संक्रमित पुरुष रहेको ईडीसीडीको तथ्यांकमा उल्लेख छ। त्यस्तै कर्णालीमा १६.५ महिला र ८३.५ पुरुष संक्रमित छन्।
प्रदेश १ २७.७ प्रतिशत महिला र ७२.३ प्रतिशत संक्रमित पुरुष छन्। सुदूरपश्चिम प्रदेशमा २५.८ प्रतिशत महिला र ७४.२ प्रतिशत पुरुष छन्।
गण्डकी प्रदेशमा २२.६ प्रतिशत महिला र ७७.४ प्रतिशत पुरुष तथा प्रदेश ५ महिला २१.७ र पुरुष ७८.३ प्रतिशत रहेको ईसीडीसीको तथ्यांकमा उल्लेख छ।
केन्द्रको तथ्यांक प्रदेशसँग मिल्दैन
केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांक र प्रदेशमा सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयले जारी गर्ने तथ्यांक मिल्दैन।
- प्रदेश १
प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा ४ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये प्रदेशभित्र स्थायी ठेगाना भएका ४ हजार ६५९ छन् भने ८३ जना अन्य प्रदेशका हुन्। प्रदेशका ३५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। प्रदेशमा कुल ४७ जनाको मृत्यु भएकोमा १२ जना प्रदेश २ का हुन्।
- प्रदेश २
प्रदेश २ को सामाजिक विकास मन्त्रालयको तथ्यांमा प्रदेशमा ११ हजार ८८३ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १३ हजार ९ छ। मृत्यु हुनेको संख्या पनि फरक छ। सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्यांकमा १०९ जना संक्रमितको मृत्यु भएको उल्लेख छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १११ जना उल्लेख गरेको छ।
- बागमती प्रदेश
बागमती प्रदेशको तथ्यांक पनि केन्द्र र प्रदेशको फरक फरक छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा १५ हजार ३१२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जसमध्ये १०८ जनाको मृत्यु भएको जनाएको छ। मन्त्रालयको विवरणमा भने १०९ जनाको मृत्यु भएको उल्लेख छ।
- गण्डकी प्रदेश
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकमा गण्डकीमा ३ हजार २० पुगेको छ। जुन सोमवारको तथ्यांक पनि हो। आइतवार सम्म स्वास्थ्य मन्त्रालयको तथ्यांकमा नै गण्डकी प्रदेशमा तीन हजार २१५ रहेको उल्लेख छ। मृत्यु हुनेको संख्या २३ उल्लेख छ। तर स्वास्थ्य निर्देशनालयको तथ्यांकमा आइतवार सम्म २७ जनाको मृत्यु भएको र सोमवार विहान सम्मको अध्वाधिक विवरणमा २९ पुर्याइसकेको छ।
- प्रदेश ५
प्रदेश ५ मा ८ हजार ४०० कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख भए पनि आइतबार राति ८:३० बजेको अध्यावधिक विवरणमा स्वास्थ्य निर्देशनालय प्रदेश ५ मा ८ हजार २६३ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। स्वास्थ्य निर्देशनालयले ४७ जना संक्रमितको मृत्यु भएको उल्लेख छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० जनाको मृत्यु भएको उल्लेख गरेको छ।
- कर्णाली प्रदेश
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा संक्रमितको संख्या दुई हजार ७८६ रहेको उल्लेख छ। केन्द्रको तथ्यांकमा भने दुई हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशमा ६ जना संक्रमितको मृत्यु भएको समाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमा २ जनाले आत्महत्या गरेका हुन्। केन्द्रको तथ्यांकमा ५ जनाको मृत्यु उल्लेख छ। यो तथ्यांकमा आत्यमहत्या समावेस छैन।
- सुदुरपश्चिम प्रदेश
सुदुर पश्चिम प्रदेशमा ६ हजार ४८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ। तर, प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा ६ हजार ३३५ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। केन्द्रले १० जनाको मृत्यु भएको उल्लेख गरेको छ भने प्रदेशको तथ्यांकमा ११ जना उल्लेख छ। यो ११ जनामा दुई जना आत्महत्या गरेका संक्रमितलाई पनि समावेस गरिएको छ। केन्द्रले आत्महत्यालाई समावेस गरेको छैन।