PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

वीरगंजमा कोरोनाका कारण थप एक जनाको मृत्यु



राधेश्याम पटेल

वीरगंजमा कोरोनाका कारण थप एक जनाको मृत्यु

वीरगंज : वीरगंजमा थप एक जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नं १० बस्ने ५५ वर्षीया महिला भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।

उनको हिजो नारायणी अस्थायी गण्डक कोभिड अस्पतलामा दिउँसो २ बजेर ५५ मिनेटमा मृत्यु भएको हो। भदौ १२ गते अस्पताल भर्ना भई उपचार गराई रहेकी महिलामा भदौ २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

दुवै छातीमा निमोनियाले ग्रसित महिलाको श्वासप्रश्वासमा अचानक समस्या आएपछि आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। यसैगरी पर्सामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell