PahiloPost

May 15, 2025 | २ जेठ २०८२

बाढीपहिरो पीडितका लागि भारतले पठाएको राहत सामाग्री वीरगंज आइपुग्यो



राधेश्याम पटेल

बाढीपहिरो पीडितका लागि भारतले पठाएको राहत सामाग्री वीरगंज आइपुग्यो

वीरगंज : नेपालका बाढीपहिरो पीडितको लागि भारत सरकारले पठाएको राहत सामाग्री वीरगंज आइपुगेको छ। गत शुक्रवार साँझ एकीकृत जाँच चौकी(आईसिपी)को नाका हुँदै १५ गाडी राहत सामाग्री वीरगंज आईपुगेको भारतीय महावणिज्य दूतावास वीरगंजका महावाणिज्य दूत नितिश कुमारले जानकारी गराए।

भारतीय एनडिआरएफको टोलीले आईसिपीको नाका हुँदै १५ वटा मिनी ट्रकमा लोड गरी उक्त राहत सामाग्री वीरगंज महावाणिज्य दूतावासको कार्यालयमा पुर्‍याएर फिर्ता भएको थियो। राहत सामाग्रीमा ५ सय टेन्ट र ८ सय थान प्लाष्टिक सिट रहेको जनाइएको छ। नेपाल भारत महिलामैत्री समाजको सहकार्यमा ती समानहरु नेपालको विभिन्न ठाउँका बाढी तथा पहिरो प्रभावितहरुको लागि वितरण गरिने जनाइएको छ।

मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयको भन्सार विभागले भारतबाट प्राप्त हुने ती समानहरुको लागि भन्सार महसुल तथा अन्य राजश्व छुट गर्न वीरगंज भन्सारलाई पत्राचार गरेको थियो। राहत समाग्रीमध्ये प्रदेश २ को रौतहट र महोत्तरीका बाढी पीडितहरुको लागि पनि वितरण गरिने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell