PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

अमेरिकाका लागि टिकटकको सर्वाधिकार किन्ने माइक्रोसफ्टको प्रस्ताव अस्वीकृत, ओर्‍याकलले मार्ला बाजी? 



पहिलोपोस्ट

अमेरिकाका लागि टिकटकको सर्वाधिकार किन्ने माइक्रोसफ्टको प्रस्ताव अस्वीकृत, ओर्‍याकलले मार्ला बाजी? 

माइक्रोसफ्टले अमेरिकाका लागि टिकटकको अधिकार किन्ने प्रस्ताव अस्वीकृत भएको छ। योसँगै ओर‍्‍याकललाई उक्त सर्वाधिकार किन्ने बाटो खुलेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर १५ सम्ममा टिकटकको अमेरिकी सर्वाधिकार बेच्न वा बन्द गर्न निर्देशन दिएका छन्। 

माइक्रोसफ्टले विज्ञप्तीमा लेखेको छ : 'आइतबार बाइट डान्सले हामीलाई टिकटकको अमेरिकी सर्वाधिकार नबेच्ने जानकारी दियो। हामी विश्वस्त थियौं कि हाम्रो प्रस्तावले टिकटक प्रयोगकर्ता एवं राष्ट्रिय सुरक्षाका लागि सकारात्मक प्रभाव पार्थ्यो।' 

ट्रम्पले टिकटकले अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत र गोप्य जानकारी चीन सरकारलाई दिइरहेको आरोप लगाउँदै आएको छ। टिकटक सञ्चालक कम्पनी बाइट डान्सले भने उक्त आरोपको खण्डन गर्दै आइरहेका छन्। 
माइक्रोसफ्ट र ओर्‍याकलबीच टिकटक किन्ने होड थियो। माइक्रोसफ्टको प्रस्ताव बाइटडान्सले अस्वीकार गरेपछि ओर्‍याकलले बाजी मार्ने सम्भावना बढेको हो। उक्त कम्पनीले अमेरिकासँगै क्यानडा, अस्ट्रेलिया र न्यूजिल्यान्डको पनि टिकटक सञ्चालन अधिकार किन्ने बताइएको छ। 
टिकटकका प्रवक्ताले भने बीबीसीसँग आफू हाल यी अनुमानहरू बारे केही पनि नबोल्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell