PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

प्रहरी महानिरीक्षक थापाले तोडे परम्परा, अब प्रहरी कार्यालयमा फ्रेम गरेको आइजीको फोटो झुन्ड्याउन नपर्ने



पहिलोपोस्ट

प्रहरी महानिरीक्षक थापाले तोडे परम्परा, अब प्रहरी कार्यालयमा फ्रेम गरेको आइजीको फोटो झुन्ड्याउन नपर्ने

काठमाडौं : प्रत्येक पटक प्रहरी महानिरीक्षक (आइजी) फेरिएसँगै देशभरका प्रहरी कार्यालयहरुमा पनि नयाँ आइजीको फोटो फेरिन्थ्यो। यसपटक भने प्रहरी कार्यालयहरुमा नयाँ आइजीको फोटो फेर्नैपर्ने बाध्यात्मक परम्परा तोडिएको छ।

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले सबै कार्यालयमा महानिरीक्षकको फोटो राख्न निर्देशन नदिएसँगै यो परम्परा तोडिएको हो। नभए महानिरिक्षक नियुक्ती हुन साथ प्रहरी प्रधान कार्यालय नक्सालले सबै कार्यालयलाई फोटोको साइज तोकेर पत्रचार गरी नयाँ आइजीको फोटो  झुन्ड्याउन निर्देशन दिने गरिन्थ्यो।

तर महानिरिक्षक थापाले यसपटक कुनै निर्देशन दिएनन्। 'अहिलेसम्म  फोटो राख्न भनेर कुनै पनि परिपत्र जारी गरेका छैनौं। कुनै कार्यालयमा राखेको भए अर्कै कुरा हो। तर हामीले राख्नु भनेर नै पत्रचार गरेका छौंनौं,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कठायतले भने।

प्रहरी महानिरिक्षक थापाले गत असार २५ गते नेपाल प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। महानिरीक्षक थापाले इच्छा नदेखाएको कारण फोटो राख्न भनेर परिपत्र नगरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनी संगठनभित्र निष्ठावान र आर्थिक पारदर्शि छवि भएका प्रहरीका रुपमा चिनिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell