PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कोभिड-१९ अपडेट : ५१ जिल्लामा थप संक्रमित पहिचान, उपत्यकामा थपिए ५१२, उपत्यकामै ८ जनाको मृत्यु



पहिलोपोस्ट

कोभिड-१९ अपडेट : ५१ जिल्लामा थप संक्रमित पहिचान, उपत्यकामा थपिए ५१२, उपत्यकामै ८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ५१ जिल्लामा कोभिड-१९ का संक्रमितहरुको पहिचान भएको छ। देशभरका प्रयोगशालाबाट भएको १० हजार ८७८ परीक्षणका क्रममा ३९९ महिला र ७७१ पुरुष गरी एक हजार १७० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये ३९ हजार ५७६ जना संक्रमण मुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्र ८७९ जना निको भएका छन्। कुल संक्रमितको ७१.५ प्रतिशत निको भएका हुन्।

मन्त्रालयले सोमवार मात्र थप १५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। योसँगै मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ३६० पुगेको छ।

उपत्यकामा मात्र ५१२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालभर थप भएका संक्रमितको ४३.७६ जना उपत्यकाका मात्र हुन्। उपत्यकाका तीन जिल्लामा ५१२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

जसमध्ये काठमाडौं जिल्लामा मात्र १४१ महिला र २९९ पुरुष गरी ४४० जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। जुन नेपालमा कुल थप भएको संक्रमितको ३७.६० प्रतिशत हो।

संक्रमण पुष्टि हुनेमा भक्तपुरमा २८ महिला र १५ पुरुष गरी ४३ जना तथा ललितपुरमा ११ महिला र १८ पुरुष गरी २९ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, रुपन्देही जिल्लामा ८१, कास्कीमा ५४ र कैलालीमा ७० जना संक्रमित पहिचान भएका छन्।

मृत्यु भएका १५ मध्ये ८ जना उपत्यकामा

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

मृत्यु भएका १५ मध्ये ८ जना काठमाडौं उपत्यकामा मात्र हुन्। पछिल्लो घण्टामा मृत्यु पुष्टि भएकामध्ये काठमाडौंका ६ जना छन्। काठमाडौंकी ६१ वर्षकी महिलासहित ७७, ६२,७३, ८५ र ७० वर्षका पुरुषहरुको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, ललितपुरका ५५ वर्षका पुरुष तथा भक्तपुरका ७३ वर्षका पुरुषमा मात्र संक्रमण पुष्टि भएको छ।

त्यस्तै, मोरङका ४० र ७० वर्षका पुरुष, रामेछापका २३ वर्षका पुरुष र गोरखाका ६३ वर्षका महिलाको पनि संक्रमण पुष्टि भएको छ।

प्रदेश ५ नवलपरासीका ६२ वर्ष र कपिलवस्तुका ४७ वर्षकी महिलाको पनि मृत्यु भएको छ।

त्यस्तै, पर्साकी ५५ वर्षकी महिलाको पनि मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell