PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

चोर खोलामा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक अवरुद्ध



रासस

चोर खोलामा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
फाइल फोटो।

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डको चोर खोलामा सोमवार दिउँसो पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम शुरु भइसकेको  छ। पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताए।

पहिरो खसेको ठाउँ इच्छाकामना गाउँपालिका-६ अन्तर्गत पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell