PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मोरङका ५५ जनासहित प्रदेश १ मा थप ८७ जना कोरोना संक्रमित थपिए



फूलमाया पुरी

मोरङका ५५ जनासहित प्रदेश १ मा थप ८७ जना कोरोना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा सोमवार ८७ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ मा सोमवार १ हजार ४ सय ८३ जनाको पीसीआर परीक्षण गरिएकामा १५ महिला र ७२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

सोमवार मोरङमा ५५, सुनसरीमा २४, झापामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको कटहरीमा २ महिला र १३ पुरुष, विराटनगरमा १ महिला र १३ पुरुष, बुढीगंगामा ५ महिला र ८ पुरुष, ग्रामथानमा २ महिला र ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष तथा स्थानीय तह नखुलका २ पुरुषमा संक्रमण देखिएको छ।

त्यस्तै, सुनसरीको इनरुवामा १ महिला र १३ पुरुष, धरानमा २ महिला र २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ। 

त्यसैगरी, झापाको कमलगाउँपालिकामा १ महिला र १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको छ। प्रदेश १ मा सोमवार १५ जना डिस्चार्ज भएका छन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका हुन्। यससँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell