PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सुदूरपश्चिममा सोमवार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिममा सोमवार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा सोमवार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमवार थप २६ जनामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये कैलालीका ११, डोटीका ८, अछामका चार र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढीका पाँच जनामा संक्रमण पुष्टि भएको छ। जसमा वडा नम्बरर ७ का दुई जना, वडा नम्बरर ३, ५ र १४ का एक÷एक जनामा संक्रमण पुष्टि भएको हो। सूचना अधिकारी श्रेष्ठले घोडाघोडी नगरपालिका वडा नम्बर १० का चार जना, गोदावरी नगरपालिकाका दुई जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दुई जना र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

त्यस्तै, डोटीमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ४९ जनाको परीक्षण गर्दा डोटीका ८ र अछामका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार सोमवार थपिएका संक्रमित डोटीको केआइसिंह गाउँपालिकाका ६ पुरुष र दुई महिला तथा अछामको चौरपाटी गाउँपालिकाका तीन पुरुष र तुर्माखाद गाउँपालिकाका एक पुरुष रहेका छन्।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय ३६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell