PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

मन्त्रिपरिषद् बैठक जारी, कुलमानबारे के आउला निर्णय?



पहिलोपोस्ट

मन्त्रिपरिषद् बैठक जारी, कुलमानबारे के आउला निर्णय?

काठमाडौं : मन्त्रिपरिषद्को नियमित बैठक अहिले बसिरहेको छ। बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबारे निर्णय गर्न सक्ने बताइएको छ। प्राधिकरणका सीईओ कुलमान घिसिङको कार्यकाल आइतवार सकिएको छ। उनी दोहोरिन सक्ने सम्भावना छ।

त्यस्तै, नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना पनि रहेको छ। नेकपाको भदौ १८ गते बसेको बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell