PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु



पहिलोपोस्ट

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ निवासी ६४ वर्षीय महिलाको उपचारका क्रममा सोमवार मृत्यु भएको हो।

उनले सोमवार नै लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा पीसीआर परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखिएको थियो। उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या रहेको र उपचारको क्रममा सोमवार दिउसो २:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell