PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

काभ्रेकी मीनाले गरिन् साइप्रसमा आत्‍महत्या



पहिलोपोस्ट

काभ्रेकी मीनाले गरिन् साइप्रसमा आत्‍महत्या

काठमाडौँः साइप्रसमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन्। गैरआवसीय नेपाली संघ साइप्रसका अनुसार आइतबार दिउँसो ५ बजे लारनास्थित लिभादिया भन्ने स्थानमा मीना तामाङले आत्महत्या गरेको त्यहाँको प्रहरीले पुष्टि गरेको छ।

काभ्रे घर भएकी मृतक तामाङ १४ महिनाअघि मात्रै साइप्रस पुगेकी थिइन्। उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन।

साइप्रसमा आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि उनको शव नेपाल फर्काइने एनआरएनए साइप्रसले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell