PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

वीरगंजमा बुवाको छुरा प्रहारबाट छोराको गयो ज्यान



राधेश्याम पटेल

वीरगंजमा बुवाको छुरा प्रहारबाट छोराको गयो ज्यान

वीरगंज : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीरिसियामा बुवाको छुरा प्रहारबाट छोराको मृत्यु भएको छ।

ईलाका प्रहरी कार्यालय पोखरियाका अनुसार श्रीरिसिया निवासी ७० वर्षीय लक्ष्मी साहले आफनै छोरा ३५ वर्षीय माधो साहलाई सोमवार साँझ ७ बजे छुरा प्रहार गरी घाइते बनाएका थिए। उपचारको लागि वीरगंज ल्याउँदै गर्दा बाटोमा नै छोराको मृत्यु भएको ईलाका प्रहरी कार्यलय पोखरियाका ईन्चार्ज प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए।

छुरा प्रहार गर्ने बुवा लक्ष्मी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुवा र छोराबीच सोमवार दिउँसो विवाद भएको स्थानीयले बताएका छन्। प्रहरी निरीक्षक सिंहका अनुसार लक्ष्मी साहलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell