PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

विद्युत प्राधिकरणको एमडी नियुक्तिबारे मन्त्रिपरिषद्ले कुनै निर्णय गरेन, विभागीय मन्त्रीबाट प्रस्ताव नै पेस भएन



पहिलोपोस्ट

विद्युत प्राधिकरणको एमडी नियुक्तिबारे मन्त्रिपरिषद्ले कुनै निर्णय गरेन, विभागीय मन्त्रीबाट प्रस्ताव नै पेस भएन

काठमाडौँ: चासोका साथ हेरिएको नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको नियुक्तिको विषय सोमबार पनि मन्त्रिपरिषद्को एजेण्डा बनेन। 

आजको मन्त्रिपरिषद् बैठकमा नियुक्तिसम्बन्धी प्रस्ताव पेस भएको थिएन। ऊर्जा मन्त्रालय स्रोतका अनुसार प्रस्ताव लगिएको थिएन। 

बैठकपछि एक मन्त्रीले नियुक्तिबारे कुनै निर्णय नभएको बताए। उनले विभागीय मन्‍त्रालयबाट प्रस्ताव नआएको पनि बताए। 

जनस्तरबाट यसअिघकै प्रबन्ध निर्देशक कुलमान घिसिङलाई दोहोर्‍याउन माग छ। तर, कुलमानका केही गतिविधिका कारण विभागीय मन्त्री वर्षमान पुनदेखि प्रधानमन्त्री केपी शर्मा ओली समेत रुष्ट छन्। पछिल्लो समय घिसिङलाई दोहोर्‍याउने दबाब बढेपछि सशर्त रुपमा प्रस्ताव लैजाने तयारी विभागीय मन्त्रालयको रहेको भने स्रोत बताउँछ।

कुलमानलाई नै पुन: नियुक्ति हुनुपर्ने भन्दै सोमबार माइतीघरमा प्रदर्शन पनि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell