PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

बाराकी ५५ वर्षीया कोरोना संक्रमित महिलाको नारायणी अस्पतालमा मृत्यु



राधेश्याम पटेल

बाराकी ५५ वर्षीया कोरोना संक्रमित महिलाको नारायणी अस्पतालमा मृत्यु

वीरगंज : बाराकी एक जना ५५ वर्षीया कोरोना संक्रमित महिलाको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। उनको आज साँझ सवा ७ बजे नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको हो।

मृत्यु हुनेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुम्बारवानकी ५५ वर्षीया महिला रहेकी छिन्। मधुमेह तथा उच्च रक्तचापकी बिरामी महिला सोमवार बिहान ११ बजे उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएकी थिइन्।

उनको श्वासप्रश्वासमा समस्या भएर अचानक नारायणी अस्पतालको आइसीयूमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश कुमार चौरसियाले जानकारी गराए।

उनको मृत्युपछि जिन एक्सपर्ट रिपोर्ट पोजिटिभ आएको हो। योसँगै वीरगंजमा कोरोना संक्रमणको कारण बाराका १७ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell