PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई कोरोना संक्रमण



पहिलोपोस्ट

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई कोरोना संक्रमण
फोटो : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान/फेसबुक।

काठमाडौं : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण भएको छ। उपकुलपति गिरीले जिम्मेवारी निर्वाह गर्ने क्रममा सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै पनि आफू कोरोना संक्रमित भएको बताएका छन्।

संक्रमणबाट हतोत्साहित नभई हाल आफ्नै निवासमा लक्षणविहीन अवस्थामा आइसोलेसनमा सुरक्षित साथ बसिरहेको उनले जानकारी दिएका छन्।

‘प्रतिष्ठानका दैनिक कार्यहरु यहीँबाट सञ्चालित हुनेछन् भने तत्काल आईपर्ने समस्याहरु मेरो सचिवालय मार्फत मसँगको समन्वयमा आवश्यक कार्यहरु गरिने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

आफूसँग सम्पर्कमा आएका सबैलाई परीक्षण गरी सजगता अपनाउन उनले अनुरोध समेत गरेका छन्।

 

आदरणीय सम्पुर्ण शुभचिन्तकहरु, वी. पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने...

Gepostet von BPKIHS am Montag, 14. September 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell