PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

ब्राइटनमाथि चेल्सीको सानदार जित



पहिलोपोस्ट

ब्राइटनमाथि चेल्सीको सानदार जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले ब्राइटनमाथि सानदार जित निकालेको छ। फाल्मर स्टेडियममा भएको खेलमा घरेलु टोली ब्राइटनलाई ३-१ ले हराउँदै चेल्सीले प्रिमियर लिगमा सुखद सुरुवात गरेको हो।

पहिलो हाफमा चेल्सीले १ गोलको अग्रता बनाएको थियो। ब्राइटनका गोलकिपर म्याट रायनले फउल गरेपछि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै चेल्सीले खेलमा अग्रता बनाएको थियो। खेलको २१ औं मिनेटमा जोर्गिन्होले चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा चेल्सी १ गोलले अघि रह्यो।

दोस्रो हाफमा ब्राइटनले खेल बराबरीमा फर्कायो। खेलको ५४ औं मिनेटमा लिओनार्दो ट्रोसार्डले तारिक लाम्पेटेको पासमा गोल गर्दै ब्राइटनलाई बराबरीमा ल्याए। तर यो बराबरी धेरै बेर भने टिकेन। ५६ औं मिनेटमै चेल्सीका रीस जेम्सले जोर्गिन्होको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै जेम्सकै पासमा कुर्त जोउमाले गोल गर्दै ६६ औं मिनेटमा गोल गर्दा चेल्सीले ३-१को सहज जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell