PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलरको शीर्षस्थानमा मेस्सी



पहिलोपोस्ट

सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलरको शीर्षस्थानमा मेस्सी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी फोब्सको सर्वाधिक कमाइ गर्ने फुटबलरको सूचिमा शीर्षस्थानमा आएका छन्। फोर्बसले सोमवार जारी गरेको सूचीमा १२६ मिलियन डलर कमाइ गर्दै बार्सिलोनाका स्टार खेलाडी मेस्सी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलरमा परेका हुन्।

त्यस्तै सूचिको दोस्रो स्थानमा पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डो रहेका छन्। उनको कमाइ ११७ मिलियन डलर छ।

मेस्सी कुल आम्दानीमा ९२ मिलियल तलबबाट र ३४ मिलयन इन्डोर्समेन्टबाट रहेको छ। त्यस्तै रोनल्डोले ७० मिलियन डलर तलबबाट र ४७ मिलियन इन्डोर्समेन्टबाट कमाउँदै सूचिको दोस्रो स्थानमा छ।

त्यस्तै ९६ मिलियन डलर कमाएका ब्राजिलयन खेलाडी नेइमार जुनियर तेस्रो स्थानमा छन्। पेरिस सेन्ट जर्मेनका खेलाडी उनले ७८ मिलियन डलर तलबबाट र इन्डोर्समेन्टबाट १८ मिलियन डलर कमाएका छन्।

तालिकाको चौथो स्थानमा फ्रेन्च खेलाडी किलियन एम्बापे (४२ मिलियन), पाँचौं स्थानमा इजिप्टका खेलाडी मोहम्मद सलाह (३७ मिलियन), छैटौं स्थानमा पाउल पोग्बा (३४ मिलियन) रहेका छन्। त्यस्तै एन्टोनी ग्रीजम्यान, गरेथ बेल, रोबर्ट लेवान्डोस्की र डेभिड डी जिए शीर्ष १० सूचीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell