PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

गोकुल, यती र ओम्नीलाई चोख्याउने मान्छेको खोजीमा हुनुहुन्छ इमानदार प्रधानमन्त्री : खतिवडा



पहिलोपोस्ट

गोकुल, यती र ओम्नीलाई चोख्याउने मान्छेको खोजीमा हुनुहुन्छ इमानदार प्रधानमन्त्री : खतिवडा

काठमाडौं : नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले 'गोकुल बास्कोटा, यति समूह र ओम्नीलाई चोख्याउने व्यक्तिको खोजीमा' प्रधानमन्त्री ओलि रहेको आरोप लगाएका छन्।

'सरकारले आफूलाई काम गर्न जे सजिलो हुन्छ त्यही गर्ने हो,' हिजोको मन्त्रिपरिषदको बैठकलाई लिएर नेता खतिवडाले ट्विटरमा लेखेका छन्, 'अहिले देशमा वामदेवको आवश्यक पर्‍यो अनि उहाँलाई माननीय बनाउन राष्ट्रपतिकहा सिफारिस।'

उनले कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा पुन नियुक्तिको विषयलाई पनि घोचपेचको शैलीमा उठाएका छन्। 'बत्ती बलेकै छ किन चाहियो कुलमान?,' उनले लेखेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रिटायर्ड भएको विषयलाई लिएर पनि उनले सरकारप्रति कडा ब्यङ्ग्य गरेका छन्। 'अब गोकुल, यती र ओम्नीलाई चोख्याउने मान्छेको खोजीमा हुनुहुन्छ इमानदार प्रधानमन्त्री!,' खतिवडाले लेखेका छन्।

यती समूहप्रति प्रधानमन्त्री ओलीको सामिप्यता धेरै रहेको मानिन्छ। यतीका लागि नीतिगत भ्रष्टाचार भएको नेकपाभित्रकै नेताहरुले पनि बताउँदै आएका छन्। कोरोना भाइरस संक्रमणपछि उदाएको ओम्नी समूहले गुणस्तरहीन मेडिकल सामग्री भित्र्याएको आरोप छ। त्यस्तै गोकुल बास्कोटा संचारमन्त्रीबाट राजीनामा दिन वाध्य हुनुमा ७० करोड घुसकाण्डको अडियो प्रमुख कारण रहेको थियो। बास्कोटा ओलीका निकटस्थ नेता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell