PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हत्या अभियोगमा एक युवक समातिए



पहिलोपोस्ट

हत्या अभियोगमा एक युवक समातिए

विराटनगर: मोरङको बेलबारी नगरपालिकामा हत्या गरि  फरार एक जना पक्राउ परेका छन्।

बेलबारी नगरपालिका वडा नम्बर ५ तेलकुडी बस्ने ३० वर्षिय विनय कुमार सरदार प्रकाउ गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले सरदारलाई सोमवार बेलुका ८:३० बजे सुनसरी बराहक्षेत्रबाट प्रकाउ गरिएको कार्यालयका डिएसपी मानबहादुर राईले जानकारी दिए।

राईका अनुसार पक्राउ परेका सरदार गत भदौ १२ गते बेलबारी नगरपालिका वडा नम्बर ५ कसेनी स्थित धारीलो हतियारको प्रयोग गरी चन्द्र कुमार राईको हत्या गरि फरार थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell