PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

बलिउडको ड्रग्स कनेक्सनबारे संसदमा बोल्दा जया बच्चन विवादमा, कंगनाको पनि असन्तुष्टि



पहिलोपोस्ट

बलिउडको ड्रग्स कनेक्सनबारे संसदमा बोल्दा जया बच्चन विवादमा, कंगनाको पनि असन्तुष्टि
PHOTO : timesofindia

बलिउड अभिनेत्री एवं समाजवादी पार्टीकी सांसद जया बच्चनले ड्रग्सका नाममा बलिउडलाई बद्नाम गर्ने षडयन्त्र भइरहेको बताएकी छन्।

मंगलवार राज्यसभामा बोल्दै जयाले ड्रग्स छानविनका नाममा विश्वमै नाम कमाएको बलिउड उद्योगलाई बद्नाम गर्ने षडयन्त्र चलिरहेको बताएकी हुन्।

‘मनोरञ्जन उद्योगले हरेक दिन ५ लाख मानिसलाई प्रत्यक्ष रोजगार दिँदै आएको छ। देशको आर्थिक स्थिति ठीक छैन। वेथितिजन्य मुद्दाबाट ध्यान हटाउन हामी कलाकारको प्रयोग गरिँदैछ। सामाजिक सञ्जालमा पनि हामीमाथि निशाना साँधिएको छ,’ जयाले भनिन्।

मनोरञ्जन उद्योगलाई सरकारले पनि समर्थन नगरेको उनको गुनासो छ। ‘जुन व्यक्तिले फिल्म इण्डस्ट्रीको माध्यमबाट नाम कमाए, उनीहरु नै यसलाई नराम्रो बनाउन खोजिरहेका छन्। म यसको समर्थन गर्दिन्,’ उनले भनिन्।

सबैभन्दा बढी कर तिर्ने बलिउडकर्मीलाई नै दु:ख दिने काम भइरहेको र फिल्म उद्योगको विकास लागि गरिएका वाचा समेत पुरा नभएको भन्दै जयाले सरकार मनोरञ्जन उद्योगको समर्थनमा आउनुपर्ने बताइन्। ‘इण्डस्ट्री सदैब सरकारलाई मद्दत गर्न अगाडि सर्छ। सरकारले गरेका राम्रा कामलाई हामी समर्थन गर्छौं। जब कुनै विपत्ति आउँदा बलिउडकर्मी नै पैसा दिन्छन्,’ उनले भनिन्।

सरकारले मनोरञ्जन उद्योगको मद्दत गर्नुपर्ने भन्दै जयाले केही खराब व्यक्तिका कारण पुरै इण्डस्ट्रीको छविलाई खराब भन्ने अधिकार कसैलाई नभएको उनको भनाई थियो।

यसअघि सोमवार भोजपुरी सुपरस्टार तथा बीजेपी सांसद रवी किशनले लोकसभामा बोल्दै बलिउडको लागुऔषध ओसारपसार प्रकरणमा केन्द्र सरकारले उच्चस्तरीय जाँच गर्नुपर्ने माग गरेका थिए। उनले फिल्म इण्ड्रस्टीमा ड्रग्सको प्रयोग भइरहेको र एनसीबीले कैयौलाई पक्रेको उदाहरण पनि दिएका थिए।

रवी किशनको अभिव्यक्तिको प्रतिक्रिया स्वरुप आज राज्यसभामा जया बोलेकी हुन्। उनले रवी किशनतर्फ संकेत गर्दै झुन थालीमा खायो त्यसैमा चुठ्ने भनेकी छिन्। ‘उनी बलिउड इण्ड्रस्टीबाटै उदाएका हुन्। यो लज्जास्पद छ। जुन थालीमा खायो, त्यसमै चुठ्ने? यो गलत कुरा हो,’ जयाले भनिन्।

कंगनाको असन्तुष्टि

यता जयाको अभिव्यक्तिमा अभिनेत्री कंगना रनौतले असन्तुष्टि जनाएकी छन्। उनले जयाका छोरा अभिषेक बच्चन र छोरी श्वेता बच्चनलाई पनि यो प्रकरणमा मुछेकी छन्।

ट्वीटरमा कंगनाले लेखेकी छन्, ‘जया जी, तपाई त्यतिबेला पनि यही कुरा गर्नुहुन्छ? यदि मेरो ठाउँमा तपाईकी छोरी श्वेतालाई किशोरावस्थामा कुटिन्छ, ड्रग्स सेवन गराइन्छ र दुर्व्‍यवहार गरिन्छ? के तपाई तब पनि यहीँ भन्नुहुन्छ? यदि अभिषेक लगातार बुलिंग र उत्पीडनको गुनासो गर्छ र एक दिन फाँसीमा झुण्डिएको भेटिन्छ? हाम्रा लागि पनि करुणा देखाउनुस्।’

जयाको अभिव्यक्तिलाई धेरैले विरोध गरेका छन्। उनको आलोचना सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell