भदौ महिना सकिनै लाग्दा धानका फाँटहरु पहेंलिएको छ। जेठ असारमा रोपेका धानका बाला लहलह देखिन थालेका छन्।
यही मेसोमा किसानहरु धान भित्र्याउन थालेका छन्। मंगलवार चाँगुनारायण नगरपालिका वडा ४ मा रहेको खेतमा यस्तै दृश्य देखियो।
कोही धान काट्न व्यस्त थिए भने कोही मेसिनमा धान चुट्न। यसरी नै त्यहाँका किसान धान भित्र्याउन व्यस्त थिए। हेर्नुस् फोटोमा…