PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मोरङका १०८ सहित प्रदेश १ मा १ सय ३८ जना संक्रमित थपिए, ६४ जना डिस्चार्ज



फूलमाया पुरी

मोरङका १०८ सहित प्रदेश १ मा १ सय ३८ जना संक्रमित थपिए, ६४ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा मंगलवार १ सय ३८ जना कोभिड-१९ का संक्रमित थपिएका छन्। प्रदेश १ मा मंगलवार १ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षण गरिएकोमा ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मंगलवार मोरङमा मात्र १ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक रहेको छ।

मन्त्रालयका अनुसार विराटनगरमा मंगलवार ७० जना कोरोना संक्रमित भएका छन्। संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन्। त्यस्तै, मोरङको कटहरीमा ३ महिला र ११ पुरुष, बुढीगंगामा ६ महिला र ६ पुरुष तथा सुन्दरहरैचामा २ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, पथरीशनिश्चरे र जहदामा २/२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १/१ महिला, स्थानीय तह नखुलेका २ पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो।

यता सुनसरीको दुहवीमा ३ महिला र ११ पुरुष, धरानमा ३ महिला र १ पुरुष, इटहरीमा २ पुरुष तथा देवानगञ्ज र स्थानीय तह नखुलेका १/१ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

झापाको दमकमा १ पुरुष, मेचीनगरमा १ महिला, संखुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष पनि कोरोना संक्रमित भएका छन्। पाँचथरको फिदिमका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला र १ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालम्म कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६७ पुगेको छ। प्रदेश १ मा मंगलवार ६४ जना डिस्चार्ज भएका छन्।

मंगलवार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरबाट ३८, वि जेनेरल अस्पताल हरिनगरबाट २३ र होमआइसोलेसनबाट ३ जना डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म २ हजार १ सय ४२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलवार १ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको र हालसम्म १ लाख १० हजार ७ सय ९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell