PahiloPost

Oct 17, 2025 | १ कात्तिक २०८२

भारतमा सिनेमा घर सञ्चालनमा ल्याउन माग, मार्चदेखि ९ हजार करोड घाटा भएको दावी



पहिलोपोस्ट

भारतमा सिनेमा घर सञ्चालनमा ल्याउन माग, मार्चदेखि ९ हजार करोड घाटा भएको दावी
Sivaram V/Reuters

भारतमा सिनेमा घरहरू पुन: सञ्चालनमा ल्याउन माग गरिएको छ। मल्टिप्लेक्स संघ इन्डियाले गत मार्चदेखि हालसम्म पीभीआर, इनोक्स र सिनेपोलिस चेनका हल सञ्चालकहरूलाई ९ हजार करोड भारतीय रुपैयाँ घाटा भएको भन्‍दै उक्त माग गरेको हो।

संघका अनुसार उल्लेखित चेनका हलहरूमा मात्रै प्रत्यक्ष रुपमा २ लाख कर्मचारी छन्।

मंगलवार संघले सरकारसँग तत्काल हल पुन: खोल्ने अनुमतिको माग गरेको छ। विज्ञप्तीमा लेखिएको छ : फिल्म प्रदर्शनको क्षेत्रमा लाखौं मानिसलाई रोजगार उपलब्ध छ। उनीहरूको दैनिकीमा त प्रभाव परेको छ नै साथै सञ्चालकको करोडौं नोक्सान भएको छ।

सिनेमालाई भारतको 'शक्ति'को संज्ञा दिँदै भनिएको छ,'मनोरञ्जनको प्रमुख माध्यम फिल्म हो। तर, हाल देशभरका १० हजार सिनेमा घरहरू बन्द छन्।'

मल्टिप्लेक्स संघले 'अनलक सिनेमा सेभ जब्स' ह्यास ट्यागसहित विभिन्न अनलाइन एवं पत्रिकामा विज्ञापन समेत दिएका छन्।

सञ्चालकहरूले सिनेमा क्षेत्र लकडाउन सुरू हुनुभन्दा अगाडिदेखि नै बन्द भएको र सबैभन्दा ढिला खुला गर्ने नीतिको विरोध गरेको फस्ट पोस्टमा जनाइएको छ।

कोभिड-१९ को महामारी सुरु भए यता चीन, कोरिया, यूके, फ्रान्स, इटाली, स्पेन, अमेरिका, यूएइ लगायत ८४ देशमा सिनेमा क्षेत्र खुला भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell