PahiloPost

May 16, 2026 | २ जेठ २०८३

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु



फूलमाया पुरी

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

विराटनगर : सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरान उपमहानगरपालिका वडा नम्बर १७ का ७० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

प्रवक्ता डा सापकोटाका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका ती व्यक्ति भदौ २७ गते शनिवार दिउँसो १:२६ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए। ती व्यक्तिमा उच्च रक्तचाप र विगत १२ वर्षदेखि हृदयघातको समस्या थियो।

आइतवार कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिको मंगलवार दिउँसो २:३० बजे मृत्यु भएको र नियम अनुसार शव व्यवस्थापन हुने प्रवक्ता डा सापकोटाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell