PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त, पाउनेछन् मन्त्री सरह सुविधा



पहिलोपोस्ट

युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त, पाउनेछन् मन्त्री सरह सुविधा

काठमाडौँः सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले खतिवडालाई मन्त्री सरह सेवा सुविधा दिनेगरि सल्लाहकार नियुक्त भएको जानकारी दिए। 

कार्यकाल नथपिएपछि खतिवडाले यही भदौ २० गते मन्त्रीबाट बिदा पाएका थिए। यसअघि पनि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे कार्यरत छन्। 

यस्तै, मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँका सिक्का प्रचलनमा ल्याउन दिने निर्णय गरेको छ। जसमा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा प्रयोग हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell