PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

अकूत सम्पत्ति कमाएको अभियोगमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपतिविरुद्ध मुद्धा



रासस

अकूत सम्पत्ति कमाएको अभियोगमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपतिविरुद्ध मुद्धा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गते सम्मको अवधिमा सात करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बराबरको गैरकानुनी आर्जन गरेको पाइएको छ।

आयोगका अनुसार दासले वैध रुपमा सात करोड ६० लाख १० हजार ४८९ रुपैयाँ आर्जन गरेको देखिएको छ। आयको तुलनामा १५ करोड ३२ लाख तीन हजार ३५० रुपैयाँ अवैध आय देखिएको छ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी दासविरुद्ध हदै सम्मको कारबाहीको माग गर्दै अवैध सम्पत्ति जफतको मागसहित मंगलवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell