PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

विद्युत प्राधिकरणको निमित्त कार्यकारी प्रमुखमा लेखनाथ कोइराला नियुक्त



पहिलोपोस्ट

विद्युत प्राधिकरणको निमित्त कार्यकारी प्रमुखमा लेखनाथ कोइराला नियुक्त

काठमाडौँः नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी प्रमुखमा लेखनाथ कोइराला नियुक्त भएका छन्। ऊर्जामन्त्री वर्षमान पुनले वरिष्ठ उपकार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन्।

अहिले प्राधिकरणको माउ संस्थामा कार्यरत उपकार्यकारी निर्देशकहरुमध्ये वरिष्ठताका आधारमा सबैभन्दा सिनियर कोइराला प्राधिकरणको अर्थ निर्देशनालयका प्रुमख समेत हुन्।

यसअघि ऊर्जामन्त्रीले मन्त्रालयका सहसचिव नवीनराज सिंह र मधु भेटवाललाई निमित्त निर्देशक बनाउन पनि छलफल गरेका थिए।

सिंह कार्यकारी निर्देशकका बलिया प्रत्यासी हुन्। त्यसैले उनलाई प्रतिस्पर्धामा सहभागी गराएर कार्यकारी निर्देशक बनाउने गरी निमित्तमा भने कार्यकारी निर्देशकको दौडमा नाम नसुनिएका कोइरालालाई निमित्त दिएको मन्त्रालय स्रोतको भनाइ छ।

'विगतमा कुलमान घिसिङले आफ्नो अनुपस्थितिमा पनि कोइरालालाई नै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने गरेका थिए। त्यसैले ऊर्जामन्त्रीले पनि वरिष्ठताका आधारमा कोइरालालाई नै निमित्तको जिम्मेवारी दिनुभएको हो,' स्रोतले भन्यो।

कार्यकारी निर्देशकमा सिंहसँगै वरिष्ठ उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि दौडमा छन्। त्यसैले उनीहरुलाई निमित्तको जिम्मेवारी नदिएको स्रोतको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell