PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

महिला बास्केटबल टिमका मुख्य प्रशिक्षकमा कोरोना पुष्टि, श्रीमती र छोरामा पनि संक्रमण



पहिलोपोस्ट

महिला बास्केटबल टिमका मुख्य प्रशिक्षकमा कोरोना पुष्टि, श्रीमती र छोरामा पनि संक्रमण
फोटो : नयना शाक्य/फेसबुक

काठमाडौं : नेपाली महिला बास्केटबल टिमका मुख्य प्रशिक्षक विकाश शाहीलाई कोरोना संक्रमण भएको छ। उनीसहित उनकी श्रीमती र छोरामा पनि कोरोना देखिएको छ।

पौडीको ओलम्पियन समेत रहेकी उनकी श्रीमती नयना शाक्यले आफूहरुमा कोरोना संक्रमण भएको पुष्टि सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्।

केही समयअघि एकजना स्टोर होल्डरलाई कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङमा आफुहरुले कोरोना परीक्षण गराएको र त्यतिबेला रिपोर्ट नेगेटिभ आएको उनले उल्लेख गरेकी छिन्।

‘तर केही समय पछि मेरो श्रीमानलाई कोरोनाका सामान्य लक्षणहरु देखा पर्न थाले र उहाँ परिवारबाट आइसोलेट हुनुभएको थियो। त्यतिबेला भर्खरै परीक्षणमा नतिजा नेगेटिभ आएकाले हामी यो सामान्य फ्लू हो भन्ने सोचेर बस्यौं’, उनले अगाडि लेखेकी छिन्, ‘केही दिनपछि श्रीमानका साथी डा रोशनलाल श्रेष्ठले यो कोरोनाको लक्षण हुनसक्ने भएकाले पुनस् परीक्षण गर्न भन्नुभयो। तर दुर्भाग्यबस हाम्रो रिपोर्ट पोजिटिभ आयो।’

त्यस्तै, परीक्षणको क्रममा आफ्नो बच्चालाई पनि कोरोना संक्रमण भएको उनले उल्लेख गरेकी छिन्।

शाक्ले भनिन्, ‘हामीले आफूलाई डाक्टर र संम्बन्धित निकायको सल्लाहमा घरमै आइसोलेट गरेका छौं।’

उनले सकारात्मक हुँदै कोरोनाविरुद्धको लडाइँमा जित्ने विश्वास लिएको समेत उल्लेख गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell