PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

हिमाल पारिको गाउँ लिमीमा पाँच महिनापछि इन्टरनेट सेवा पुनः सञ्चालन



रासस

हिमाल पारिको गाउँ लिमीमा पाँच महिनापछि इन्टरनेट सेवा पुनः सञ्चालन

सिमकोट : हिमाल पारिको गाउँ लिमी उपत्यकामा पुनः इन्टरनेट सेवा सञ्चालन भएको छ। हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका-६ को लिमीमा मर्मतपछि इन्टरनेट सेवा फेरि चलेको हो।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले विस्तार गरेको इन्टरनेटमा आएको खराबीका कारण अवरुद्ध भएको नेट सेवा पाँच महिनापछि सञ्चालनमा आएको कम्पनीका हुम्ला प्रतिनिधि रामजन रावतले जानकारी दिए।

इन्टरनेटको डिभाइसमा आएको खराबीले अवरुद्ध भएपछि आफूहरु सम्बन्धित क्षेत्रमा पुगेर मर्मत गरेपछि नेट चलेको उनको भनाइ थियो।

नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवाले राम्रोसँग काम नगरेका अवस्थामा इन्टरनेट सेवा चलेपछि चीनको सिमानासँग जोडिएका तीन गाउँ सञ्चार सम्पर्कमा आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell