PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

२०७२ सालपछि ६ म्याग्नेच्युडको पहिलो धक्का आज बिहान : भदौमा मात्रै ४ म्याग्नेच्युड माथिका ५ भूकम्प



पहिलोपोस्ट

२०७२ सालपछि ६ म्याग्नेच्युडको पहिलो धक्का आज बिहान : भदौमा मात्रै ४ म्याग्नेच्युड माथिका ५ भूकम्प
२०७२ सालको भूकम्पले भत्किएको घरहरु।

काठमाडौं : बुधवार बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ भूकम्प गयो। काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा भूकम्पको कम्पन महसुस गरियो। कोरोना कहरसँग जुधिरहेका मानिसहरु बिहानै घरबाट बाहिर निस्किए।

राम्चे केन्द्रविन्दु भइ बुधवार महसुस गरिएको भूकम्पसँगै भदौमा मात्रै देशभर ४ म्याग्नेच्यूडभन्दा माथिका ५ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रको रिपोर्ट अनुसार भदौ ९ गते बझाङ केन्द्रविन्दु भइ गएको भूकम्पको क्षमता ४.७ म्याग्नेच्युड रहेको थियो। यस्तै, भदौ १९ गते संखुवासभा केन्द्रविन्दु भइ ४.० म्याग्नेच्युड, भदौ २४ गते धादिङ केन्द्रविन्दु भइ ४.० म्याग्नेच्युड र भदौ २६ गते ५.० म्याग्नेच्युडको भूकम्प नेपाल भारत सीमा क्षेत्रमा महसुस गरिएको थियो।

५ वर्षपछि सबैभन्दा बढी स्केलको भूकम्प

केन्द्रको रिपोर्ट अनुसार बुधवार गएको भूकम्प २०७२ सालमा गएको भूकम्पपछि रेकर्ड गरिएको सबैभन्दा ठूलो म्याग्नेच्युडको भूकम्प हो।

२०७२ बैशाख १२ गते गोरखा केन्द्रविन्दु बनाइ ७.६ र ६.६ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसपछि बैशाख १३ गते दोलखा केन्द्रविन्दु भइ ६.९ म्याग्नेच्युडको भूकम्प गएको थियो। बैशाख २९ गते नै दोलखामा नै ६.८ र ६.२ म्याग्नेच्युडको दुईटा भूकम्प गएको थियो। २०७२ साल बैशाख २९ गतेदेखि हालसम्म ४ देखि ५.९ सम्मका कयौं भूकम्पहरु रेकर्ड भएका थिए।

पाँच वर्षपछि बुधवार पहिलोपटक ६ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रको तथ्यांकमा उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell