PahiloPost

Sep 28, 2020 | १२ असोज २०७७

सप्तरीका ३५ वर्षीय कोभिड १९ संक्रमित युवकको धरानमा मृत्यु



फूलमाया पुरी

सप्तरीका ३५ वर्षीय कोभिड १९ संक्रमित युवकको धरानमा मृत्यु

विराटनगर : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सप्तरीको खडक नगरपालिका ३ नम्बर वडाका ३५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।

प्रवक्ता सापकोटाका अनुसार भदौ २८ गते ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको हो। मृगौलाको समस्या भएर विगत एक वर्षदेखि सातामा दुई पटक डायलासिस गराइरहेका उनमा उच्च रक्तचापको पनि समस्या थियो।

मंगलवार बिहान १०:४६ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका ती व्यक्तिको आज बिहान ६:१० बजे मृत्यु भएको हो।

कोरोना संक्रमणबाट मृत्यु भएकाले नियम अनुसार शव व्यवस्थापन हुने सापकोटाले जानकारी दिए।

यससँगै बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell