PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

१०१ वर्षको उमेरमा पूर्व प्रधान न्यायाधीश सिंहको निधन



पहिलोपोस्ट

१०१ वर्षको उमेरमा पूर्व प्रधान न्यायाधीश सिंहको निधन

काठमाडौं : पूर्व प्रधान न्यायाधिश अनिरुद्र प्रसाद सि्हको निधन भएको छ। एक सय एक वर्षको उमेरमा उनको बत्तीसपुतलीस्थित निवासमा हिजो उनको निधन भएको हो।

१९७६ सालमा जन्मिएका सिंह २०१३ सालदेखि २०१६ सालसम्म प्रधान न्यायाधीश थिए। उनी मुलुककै दोस्रो प्रधान न्यायाधीश हुन्।

साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पहिलो प्रमुख आयुक्त समेत हुन् उनी। २०३४ पुसदेखि २०४२ वैशाखसम्म उनी प्रमुख आयुक्त रहेका थिए। २०१६ सालमा लोकसेवा आयोगका अध्यक्षसमेत भएका थिए उनी

निमोनियाका कारण लामो समयदेखि उपचाररत उनको आजै अन्त्यष्टि गरिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell