PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

हिजो प्राधिकरणबाट विदाई, आज कुलमानका पक्षमा बिहानैदेखि जुलुस!

हिजो प्राधिकरणबाट विदाई, आज कुलमानका पक्षमा बिहानैदेखि जुलुस!

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : हिजो विदाई भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा आज बिहानैदेखि प्रदर्शन भएको छ।

बिहान जोरपाटी चोकमा कुलमान घिसिङको पक्षमा उत्रिँदा सरकारको चर्को आलोचना भएको थियो। आजै माइतीघर मण्डलामा र कीर्तिपुरमा समेत घिसिङको पक्षमा प्रदर्शन हुँदैछ।

चर्को लोडसेडिङ भोगिरहेको अवस्थामा प्राधिकरणको नेतृत्व लिएका घिसिङको पक्षमा लामो समयदेखि जनस्तरबाटै लबिङ भइरहेको थियो। उनको कार्यकालमा लोडसेडिङ अन्त्य भएकाले बिजुलीको पर्यायका रुपमा उनको नाम सोसल मिडियामा लिने गरिन्थ्यो।

त्यसैको असर हो आज बिहानदेखि देखिएका दृष्यहरु। घिसिङलाई थप एक कार्यकाल कार्यकारी निर्देशकमा नियुक्त गर्नका लागि सरकारमाथि चर्को दवाव थियो। नेकपाका नेताहरु बीच नै उनको नियुक्तिको विषयलाई लिएर चर्का बहस भएका थिए। आज जोरपाटीमा देखिएका यी दृष्य कुनै पनि कर्मचारीका पक्षमा भएको स्वस्फूर्त प्रदर्शनको नमुना बनेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell