PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

इङ्ग्ल्याण्ड अस्ट्रेलिया सिरिजको निर्णायक खेल आज



पहिलोपोस्ट

इङ्ग्ल्याण्ड अस्ट्रेलिया सिरिजको निर्णायक खेल आज

इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको तीन खेलको ओडिआई सिरिजमा आज अन्तिम तथा निर्णायक खेल हुँदैछ। बेलुकी पौने छ बजे म्यानचेस्टरमा सुरु हुने खेलको विजेताले सिरिज पनि आफ्नो पक्षमा पार्नेछ।

यसअघि भएको दुई खेलमा इङ्ग्ल्याण्ड अस्ट्रेलिया दुबैले १/१ खेल जितेका छन्। पहिलो खेलमा अस्ट्रेलियाले १९ रनले जित निकालेको थियो भने दोस्रो खेलमा इङ्ग्ल्याण्डले २४ रनको जित निकालेको थियो।

यदि अस्ट्रेलियाले आजको खेल जितेमा पाँच वर्षपछि पहिलोपटक इङ्ग्ल्याण्डलाई घरेलु मैदानमा ओडिआइ सिरिजमा हराउने छ। यसअघि २०१५ मा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई घरेलु मैदानमा ३-२ ले हराउँदै सिरिज जितेको थियो। यसअघि इङ्ग्ल्याण्डले सन २०१८ मा दुइवटा सिरिजमा लगातार अस्ट्रेलियामाथि जित निकालेको थियो।

त्यस्तै आजको खेलमा अस्ट्रेलियाका खेलाडी स्टिभ स्मीथ खेल खेलमा पुनरागमन गर्नसक्ने सम्भावना रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell