PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

जापानको संसदबाट नयाँ प्रधानमन्त्री चुनिए योशिहिडे सुगा



पहिलोपोस्ट

जापानको संसदबाट नयाँ प्रधानमन्त्री चुनिए योशिहिडे सुगा

टोकियो : संसदमा भएको निर्वाचनबाट योशिहिडे सुगा जापानका नयाँ प्रधानमन्त्री चयन भएका छन्। बुधवार सुगा प्रधानमन्त्रीमा चयन भएसँग यहाँको राजनीतिमा नयाँ च्याप्टर खुला भएको छ। सिनको आवेले सात वर्ष ८ महिना प्रधानमन्त्री पद सम्हालेपछि स्वास्थ्यको कारण देखाउँदै राजीनामा गरेका थिए।

कोभिड १९ को संक्रमण नयाँ प्रधानमन्त्रीका लागि पहिलो चुनौती रहने छ। ७१ वर्षीय प्रधानमन्त्रीका काँधमा मुलुकको अर्थतन्त्र उकास्नेदेखि आगामी वर्ष ओलम्पिक आयोजना गर्नेसम्मका जिम्मेवारी आइपरेको छ। उनको नेतृत्वलाई कोभिड १९ को संकटका क्रममा सुरक्षित राजनीतिक अवतरणका रुपमा पनि लिइएको छ। निवर्तमान प्रधानमन्त्रीका आवेको टिममा रहेर काम गरेकाले उनीप्रति धेरै अपेक्षा गरिएको हो।

उनीसामु अर्थतन्त्रलाई बढावा दिनुपरेने दायित्व छ किनकि उनी अब 'केयर टेकर' भूमिकामा मात्र छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell