PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

कैलालीमा श्राद्धको खाना खाएर एकै टोलका १६ जना विरामी, एकको मृत्यु



एम बम

कैलालीमा श्राद्धको खाना खाएर एकै टोलका १६ जना विरामी, एकको मृत्यु

कैलाली : कैलालीमा श्राद्धको खाना खाएर एउटै टोलका १६ जना विरामी परेका छन्। उनीहरुमध्ये एक जनाको मंगलवार साँझ मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका १६ जना बिरामी परेका हुन्।

श्राद्धमा खाना खाएर बिरामी परेका गोदावरी नगरपालिका वडा नम्वर १० का सुरेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गोदावरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष रविन्द्र शाहीले १६ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १५ जनाको उपचार भइरहेको जानकारी दिए।

बिरामी परेकामध्ये तीन जनाको धनगढीकै नवजीवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

अध्यक्ष शाहीका अनुसार २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन्।

सेती अस्पतालका आकस्मिक विभाग प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको जानकारी दिए।

सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जनाको स्वास्थ अवस्था गम्भीर रहेको अस्पतालका कन्सलट्याण्ट फिजिसियन डा. निराजनदत्त शर्माले बताए। विषाक्त खाद्य खाएका कारण हैजाको लक्षण देखिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell