PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ड्रग्स प्रकरणमा जया बच्चनलाई हेमा मालिनीको साथ



पहिलोपोस्ट

ड्रग्स प्रकरणमा जया बच्चनलाई हेमा मालिनीको साथ

बलिउडलाई ड्रग्स माफियासँग जोडेर बद्नाम गर्ने षडयन्त्र भइरहेको भन्दै संसदमा बोलेकी अभिनेत्री एवं समाजवादी पार्टीकी सांसद जया बच्चनाई अभिनेत्री एवं सांसद हेमा मालिनीले समर्थन गरेकी छन्।

कंगना रनौतदेखि अन्य कलाकारले जयाको विरोध गरिरहेका बेला हेमा समर्थनमा उत्रिएकी हुन्। जयाको समर्थनमा मुम्बईको शिवसेना पनि देखिएको छ।

बीजेपी सांसद रवि किशनले लोकसभामा बलिउडमा बढ्दो लागुऔषध दुर्व्यसनीलाई रोक्न केन्द्र सरकारले उच्चस्तरीय जाँच गर्नुपर्ने भन्ने बयानमा जयाले राज्यसभाबाट विरोध जनाएकी हुन्। एक दुई व्यक्तिको कारण पुरै बलिउडलाई ड्रग्सको आँखाबाट हेर्न नहुने उनको भनाई थियो।

ड्रग्स प्रकरणमा अब हेमाले जयाले संसदमा बोलेको कुरामा आफू सहमत भएको बताइन्। एनडीटिभीसँग कुरा गर्दै हेमाले भनिन्, ‘कैयौ उद्योग र दुनियामा कैयौ ठाउँमा यो सबै हुन्छ। हाम्रो इण्डस्ट्रीमा पनि भएको होला। यसको मतलब यो होइन पूरै इण्डस्ट्री खराब छ। जुन तरिकाले मानिसहरु टार्गेट गरिरहेका छन्, यो कुनै हालतमा ठिक छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell