PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

डोटीमा कार्यरत थप ४० जना नेपाली सेनामा कोरोना संक्रमण



एम बम

डोटीमा कार्यरत थप ४० जना नेपाली सेनामा कोरोना संक्रमण
फाइल फोटो

कैलाली : डोटीमा कार्यरत थप ४० नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए।

बुधवार डोटी अस्पतालको प्रयोगशालामा डोटीका १०५ जनाको कोरोना परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए।

यसअघि भाद्र १६ गते सोही ब्यारेकमा कार्यरत २१ जना र मंगलवार (हिजो) ६ जनामा कोरोना पुष्टि भएको थियो। यो सहित डोटीको राजपुरमा कार्यरत ६७ जनामा कोरोना पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell