PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

आइपिएलका लागि कमेट्री प्यानलको घोषणा, कसकसले गर्नेछन् कमेन्ट्री?



पहिलोपोस्ट

आइपिएलका लागि कमेट्री प्यानलको घोषणा, कसकसले गर्नेछन् कमेन्ट्री?

इण्डियन प्रिमियर लिग (आइपिएलका) का लागि ब्रोडकास्टिङ अधिकार स्टारस्पोर्टस् सँग छ। त्यस्तै हटस्टारबाट पनि यसको लाइभ हेर्न सकिन्छ। आइपिएलका लागि अफिसियल ब्रोडकास्टर स्टार स्पोर्टसले कमेट्री प्यानलको पनि घोषणा गरेको छ

यसपटक पनि हिन्दी, अंग्रेजीलगायत अरु भाषाहरुमा पनि आइपिएलको कमेन्ट्री हुनेछ। जसका लागि बीसीसीआईसँग मिलेर स्टार स्पोर्टसले अलगअलग टिम पनि बनाएको छ। जसका लागि पूर्वक्रिकेट तथा क्रिकेट एक्सपर्टहरुलाई छान्ने गरिन्छ।

अंग्रेजी भाषामा सुनिल गावस्कर, उनका छोरा रोहन गावस्कर, हर्षा भोगले, दीप दासगुप्ता, मुरली कार्तिक, मार्क निकोलस, केविन पिटरसन, इयान बिशप, साइमन डोल, कुमार संगाकारा, जेपी ड्यूमिनी, लिसा स्थेलकर, डेरेन गंगा, पोमी बांगवा, माइकल स्लेटर, शिवा रामाकृष्णन, अंजुम चोपड़ा और डेनी मरिसनले कमेन्ट्री गर्नेछन्।

त्यस्तै हिन्दी भाषामा आकाश चोपड़ा, इरफान पठान, आशिष नेहरा, निखिल चोपड़ा, जतिन सप्रु, अजित अगरकर, संजय बांगर र किरण मोरेले हिन्दीमा कमेन्ट्री गर्नेछन्।

कमेन्ट्री प्यानलका अधिकांश सदस्यहरु युएई पुगेर क्वारेन्टिनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell