PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ललितपुरमा दुई जना कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु



पहिलोपोस्ट

ललितपुरमा दुई जना कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु

काठमाडौं : ललितपुरका दुई छुट्टाछुट्टै अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। काठमाडौं निवासी एक महिला र रामेछाप निवासी एक पुरुषको मंगलवार मृत्यु भएको हो।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। काठमाडौं निवासी ८१ वर्षीष कोरोना संक्रमित महिलाको मंगलवार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

त्यस्तै, गत भदौ २४ गतेदेखि ललितपुरकै निदान अस्पतालमा उपचार गराई रहेका अर्का एक पुरुषको पनि मृत्यु भएको छ। रामेछाप निवासी ३६ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलवार उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell