PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश १ कोरोना अपडेट : १ सय ३३ जना संक्रमित थपिए, ५२ जना डिस्चार्ज



फूलमाया पुरी

प्रदेश १ कोरोना अपडेट : १ सय ३३ जना संक्रमित थपिए, ५२ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा बुधवार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्। बुधवार ३६ महिला र ९६ जना पुरुष संक्रमित थपिएका हुन्।

बुधवार थपिएका संक्रमितहरुमा प्रदेश १ को सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला र २२ पुरुष, इटहरीमा ७ महिला र १९ पुरुष तथा गढी र कोशी गाउँपालिकामा ४/४ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यस्तै, मोरङको विराटनगरमा ९ महिला र १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, कटहरीमा १ महिला र सुनबर्षीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, झापाको दमकमा १ महिला र ७ पुरुष, भद्रपुरमा २ महिला र ४ पुरुष, बाह्रदशीमा २ महिला र ३ पुरुष, मेची नगरमा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

भोजपुरमा ५ पुरुष, उदयपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ३ पुरुषमा पनि बुधवार कोरोना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ। प्रदेश १ मा बुधवार ५२ जना डिस्चार्ज भएका छन्।

बुधवार विराटनगरस्थित होटल एशियाटिक आइसोलेसनबाट २१, मारवाडी सेवा सदन आइसोलेसन केन्द्रबाट ९, बैजनाथपुर आइसोलेसनबाट ७ र कालि सदन आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन्।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालय कोभिड-१९ आइसोलेसन अस्पताल, गोगठाउँबाट ४, जिल्ला अस्पताल धनकुटा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५/५ जना डिस्चार्ज भएका हुन्। प्रदेश १ मा डिचार्ज हुनेका संख्या २ हजार १ सय ९४ पुगेको छ।

प्रदेश १ मा बुधवार १ हजार २ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ३६ महिला र ९७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। प्रदेश १ मा हालसम्म १ लाख १२ हजार ६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell