PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

धनगढीमा गरिएको परीक्षणमा कैलाली र कञ्चनपुरका थप २९ जनामा कोरोना पुष्टि



एम बम

धनगढीमा गरिएको परीक्षणमा कैलाली र कञ्चनपुरका थप २९ जनामा कोरोना पुष्टि

कैलाली : कैलाली र कञ्चनपुरका थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २१ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको गौरीगंगा नगरपालिकाका सात जना, लम्कीचुहा नगरपालिकाका ६ जना, धनगढी उप-महानगरपालिकाका चार जना, गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर र टीकापुरका एक/एक जनामा संक्रमण पुष्टि भएको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना र बेदकोट नगरपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा चार सय २५ जनाको कोरोना परीक्षण भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell